आर्थिक

उद्योगपतिको गुनासो: जुश प्रति चिया कप ४०० र आँप ६५० प्रतिकेजी, केन्द्र, प्रदेश र महानगर के हेर्छ ?

काठमाण्डौ । उद्योगपति एबम् बतास फाउण्डेशनका अध्यक्ष आनन्दराज बतासले प्रति किलो आँप रु ६५० र चिया रु ४०० मा बेच्दा पनि सरकारी निकाय मौन बसेकोमा आपत्ती जनाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै बतासले आफूले नै देखेको दाबी गर्दै साईकलमा बेच्दै हिँड्नेलाई सरकार वा सम्बन्धीत निकायले कारबाही गर्न अनुगमन समेत नगरेको गुनासो गरेका छन् । पोखराको पर्यटकीय नगरी लेकसाईडको उदाहरण दिँदै गुणस्तर तथा नापतौल विभागले पर्यटक ठग्नेलाई कारबाही गनुपर्ने धारणा ब्यक्त गरेका छन् ।

देश निर्माणका विषयमा ठूलदा ठूला कुरा गर्ने नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारलाई यस्ता स साना कुराहरुमा ध्यान दिन नसक्नाले खिल्ली उडेको छ । एकातिर पर्यटकले दुःख पाएका छन् भने दिनदहाडै उपभोक्ता ठगीदा स्थानीय तहका प्रतिनिधि, प्रहरी, प्रदेश सरकार जनताका लागी के के न गर्छौै भन्नेहरुलाई मुखमा बुझो लागेको छ । प्रधानमन्त्री ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मेयर मानबहादुर जिसी सबै नेकपाबाट निर्बाचित भएका थिए ।

अध्यक्ष बतासको स्टाटस्ः
पर्यटकिय शहर पोखराको लेकसाईडमा यस्तै ठेला तथा साइकल व्यापारीले मनपरी सामानको मुल्य लिएको गुनासो पर्यटकवाट आएको छ । प्रति केजी आंप ६५० रूपैयॉ तथा फ्रेस जुस प्रति चिया कप ४०० रूपैयॉमा वेचेको मैले नै देखे । पर्यटकलाई मनपरि ठग्नेहरूलाई खै कसले अनुगमन गर्ने हो ? गुणस्तर तथा नापतौल कार्यालय पोखराले ढक, तराज़ू अनुगमन गर्नुपर्ने हो कि ?