समाचार

गुल्मीमा पहिरोमा परि मृत्यु १२ जनाको सव भेटीयोः अझै एक बेपत्ता

गुल्मी । अबिरल वर्षापछि सत्यवती गाउँपालिकामा सोमबार राति आएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङख्या १२ पुगेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये आज बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिएका छन । पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीय तारा विक भने अझै बेपत्ता छिन् ।

पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि बुधबार बेलुका नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याईएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।