अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री मेद्वारा औपचारक रूपमा पदबाट राजीनामा दिएको घाषणा

एजेन्सी । बेलायती प्रधानमन्त्रीको पदीय जिम्मेवारीबाट मुक्त हुन लागेकि थेरेसा मेले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिएको घाषणा गरेकी छिन ।

एनले आफ्नो राजीनामा पत्र बेलायती महारानी एलिजावेथ द्वितीयलाई बुझाउनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उनको राजीनामा स्वीकृतिसँगै महारानीले प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनलाई नियुक्त गरीने छ ।

जोनसन कन्जरभेटिभ पार्टीका नेतामा निर्वा्चित भएकाले उनी नै प्रधानमन्त्री बन्नने छन । बेलायतमा सामान्यतया आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ ।  त्यसपछि मन्त्रीहरू प्रधानमन्त्रीबाट नै नियुक्त हुनेछन् । मन्त्री बनाउँदा वरिष्ठतालाई ध्यान दिने गरिएको छ । उनीहरूलाई फेरबदल गर्ने विषेशाधिकार प्रधानमन्त्रीमा छ ।

ब्रेक्जिट समस्या समाधान गर्न नसकेपछि मेले सत्ता छाड्नु परेको हो भने उहाँका उत्तराधिकारी जोनसनलाई पनि यस समस्या समाधान गर्न निकै कठिन हुने देखिएको छ ।