खेलकुद

ज्ञानेन्द्र अन्तराष्ट्रिय क्रिकेटमा २० बलमा अर्धशतक प्रहार गर्ने विश्वका नवौं खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लले सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा बुधबार मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले चिपरिचित प्रतिद्वन्दी मलेसियालाई ७ विकेटले पराजित गर्दा ज्ञानेन्द्रले कीर्तिमानी प्रदर्शन गरे ।

नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहदा मलेसियाविरुद्ध कप्तानी गरेका ज्ञानेन्द्रले नेपालको लागि कीर्तिमानी अर्धशतक बनाएका थिए । जुन ज्ञानेन्द्रको टी(ट्वान्टी अन्तराष्ट्रियमा करियरकै उत्कृष्ट प्रदर्शन हो ।मलेसियाविरुद्ध ज्ञानेन्द्रले २० बलमा ५१ रन जोड्दै अर्धशतक बनाउदा नेपालको जित सहज बनेको थियो । विस्फोटक ब्याटिङ गरेको मल्लले ५ चौका र ३ छक्का प्रहार गर्दा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पुरा गरेका थिए ।

योसंगै ज्ञानेन्द्र नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वा्धिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

ज्ञानेन्द्र अन्तराष्ट्रिय टी(ट्वान्टीमा अर्धशतक बनाउने पाँचौं नेपाली खेलाडी समेत बनेका छन् । यसअघि पारस खड्काले दुई पटक, सुवास खकरेल, विनोद भण्डारी र सन्दीप जोराले अन्तराष्ट्रिय टी(ट्वान्टीमा समान १र१ पटक अर्धशतक बनाएका छन् । मलेसियासँगको अर्धशतकसँगै ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा २० बलमा अर्धशतक प्रहार गर्ने विश्वका नवौं खेलाडी समेत बने ।

हालसम्म विश्वका ९ खेलाडीले मात्र टी–ट्वान्टी अन्तराष्ट्रियमा २० बलमा अर्धशतक प्रहार गरेका छन् । यसअघि भारतका युवराज सिंहले दुई पटक २० बलमा अर्धशतक पुरा गरेका छन् । यस्तै बंगलादेशका मोहमद अश्रफुल, अष्ट्रेलियाका सेन वाट्सन, वेष्ट इण्डिजका केइरन पोलार्ड, क्रिस गेल, जोन्सन चार्ल्स, जिम्बाबेका म्याकलम वालर र हङकङका तानविर अफ्जलले २० बलमा अर्धशतक बनाएका छन् ।

टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वा्धिक छिटो अर्धशतक बनाउने कीर्तिमान भने भारतका युवराज सिंहको नाममा रहेको छ । उनले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए । यस्तै वेष्ट इण्डिजका क्रिस गेलले पनि १२ बलमा अर्धशतक बनाएका छन् ।