विचार/ब्लग

प्रेम पत्र– म तिमीलाई सधैँ उत्तिनै माया गर्नेछु

प्रिय शरु,
हामी दुई जना धेरै लामो समयदेखि एकअर्कालाई चिन्दछौँ र हामीलाई एकअर्काको राम्रो, नराम्रो सबै बानीबेहोराहरु पनि थाहा छ । हामी धेरै मिल्ने साथी हौँ । स्कुलको सानो कक्षादेखी नै हामी एकअर्काको सुख, दुःखको भागेदारी भइसकेका छौँ । हाम्रो यो लामो समयको मित्रतामा मैले कता–कता तिमीलाई मन पराउन थालिसकेको रैछु । म तिमीलाई केवल एक साथिको रुपमा मात्र देख्न चाहँदिन ।

मैले हामी जीवनभर सँगै बाँच्ने सपना देखिसकेको छु । म तिमीलाई निकै नै माया गर्दछु । मलाई थाहा छ तिमी पनि मलाई निकै चाहन्छौ तर मनको कुरालाई शब्दमा उतार्न भने हामी दुवैजनाले सकिरहेका थिएनौँ, जस्तो मलाई लागिरहेको छ । तर आज मैले मेरो मनको कुरा तिमी सामु छर्लङ्ग पारिदिएँ ।

त्यसैले तिमी पनि मलाई पे्रम गर, मलाई माया गर, गर्छौ पनि भन्ने छ, प्रेमलाई सधैभरी प्रेममा बदल्ने सपना मैले बुनिसकेको छु, हामी खुसी—खुसी जीवन बिताउँला भन्ने मैले कल्पना गरिसकेको छु ।

म तिमीलाई सधैँ उत्तिनै माया गर्नेछु, जति अहिले मैले तिमिसँग कमिटमेन्ट गरेको छु। म तिम्रो जबाफको पर्खाइमा बसिरहेको हुनेछु र तिमीबाट सकारात्मक जबाफको आशा राख्दै, आज बिदा हुन्छु ।

                                                                                                                               तिम्रो प्यारो विवेक…….

(वास्तविकतामा आधारिक प्रेमपत्र यही पत्रको आधारमा आज कलेज पढ्ने केटा र केटीको जिवन विवाहबन्धनमा परिणत भएको छ।)