प्रदेश 1

प्रदेशसभाको २७औँ बैठक नबस्दै स्थगित

विराटनगर । प्रदेशसभाको चौथो तथा बजेट अधिवेशनको २७औँ बैठक नबस्दै स्थगन गरिएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगन गर्नु परेको प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभाको बैठक कक्षको प्रवेशद्वारमा बर्सात्का पानी जमेको र शौचालयको ट्याङ्की भरिएर त्यहाँको फोहर बाहिर निस्की दुर्गन्ध फैलिनुजस्ता कारणले सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनमा बैठक स्थगित गरिएको हो ।

बैठक स्थगनपछि प्रदेशसभा सदस्यहरु आ–आफ्ने गन्तव्यतिर लागेका थिए । प्रदेशसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।