मनोरञ्जन

बेइमानी लाहुरे’गीतको यस्तो बन्यो भिडियो

काठमाडौं । तीज गीत ’बेइमानी लाहुरे’ को भिडियो सार्वजनिक भएको छ । चिजा तामाङ्गको गीतमा लाहुरेको पर्खाईमा रहेकी प्रेमिकाको भावनाहरुलाई समेटिएको छ ।

कृति केसी, सुमित्रा गुरुङ्ग (बिनिता) र सन्तोष थापा मगर गीतको भिडियोमा देखिएका छन् । रेमेश बाबु थापाको शब्द रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

गीतको भिडियो दिप गुरुङ्गको निर्देशन आशुतोष एडीको कोरियोग्राफि र शम्भु चालिसेको छाँयाकनमा तयार भएको हो ।

https://youtu.be/TwdfyqwtaSo