लुम्बिनी

अविरल वर्षासंगै दाङको देउखुरी डुवानको उच्च जोखिमा, राप्ती र बबई नदीमा जलसतह बढ्दै

दाङ । केहिदिन अघि मुलुकभर आएको  मुलुकभर धेरै जन धनको क्षती पुर्याएको वर्षा पुनः सुरु भएुसंगै मुलुकका केहि स्थान फेरी जलमग्न हुन गालेका छन । साथै विभिन्न नदि नालामा पानीको सतहले तह पार गरेको छ ।

अविरल वर्षाका कारण दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् । राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगैलगायतका गाउँ डुबानमा परेका छन् । स्थानीय दोलही खोलामा आएको बाढीका कारण यी गाउँ डुबानमा परेका हुन् ।दोलही खोलामा आएको बाढीका कारण पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिएका छन ।

जलसतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन उनले आग्रह गरेका छन । उनले भने ‘साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले होचा भूभाग डुबानको खतरामा छ ।

’यसैबीच बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले तीन जनालाई बगाएको छ । बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले बाढी आएको बेला दाउरा लिन तथा माछा मार्न नजान अपील पनि गरेको छ ।