सामाजिक सञ्जाल

नेकपामा योग्यता, क्षमता र रुचीकाआधारमा जिम्मेवारी दिन नेता भट्टराईको पाँच बुंदे प्रस्ताव

काठमाण्डौ । नेकपाले भर्खरै गरेको पद बाँडफाँड तथा कार्य बिभाजनलाई लिएर नेकपाका स्थायी समिति सदस्य एवं युवा नेता योगेश भट्टराईले पद बाँडफाँड गर्दैमा कुनै नेताको बिर्ता नहुने विचार ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भट्टराईले बँैद्धिक रुपमा पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ भनेर नेतृत्वलाई सुझाव दिएका छन् । उनले नेताहरुको योग्यता, क्षमता र रुचीकालाई मध्यनजर गरेर पद बाँडफाड गर्न आगह गर्दै पद दिएको ब्यक्तीको जिम्मेवारी पुरा गर्यो वा गरेन पुरस्कार र दण्डको समेत व्यवस्था गर्ने परिपाटी राख्नुपर्ने धारणा राखेका छन् । नेता भट्टराईले पद सधैभरीलाई भन्दा प्रत्येक बर्ष परिवर्तन गर्नेगरी बिभागन गर्न पनि आग्रह गरेका छन् ।

उनी भन्छन्, ‘नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको सन्दर्भमा निम्न बिषयमा नेत्रित्वको ध्यानाकर्षण गर्दछु ।
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन् । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौं । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौं ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।’