प्रवास

गिरिजाबाबुको सम्झनामा अमेरिकामा बस्ने नेपालीहरु स्तब्ध, भब्य रुपमा मनाए जन्मजयन्ती

न्यूयोर्क, अमेरिका । गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले ज्वीस सेन्टर हल, ज्याक्सन हाइट्स न्यूयोर्कमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती मनाएको छ ।

फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्त्वमा न्यूयोर्कमा फाउन्डेसनका पदाधिकारीहरु उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष वृन्दा राइ, केन्द्रीय सदस्यहरु प्रेम पौडेल, श्याम कार्की, छिरीङ राप्के लामा, राम कोइराला, विष्णु सिंह वैजु, विमल डागी, रामचन्द्र अधीकारी, दावा शेर्पा र मानार्थ सदस्य शान्त रिसालसहित नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, वोस्नीया, गयाना, हैटी, तिब्बत, अफगानिस्तान, भुटान, म्यानमार लगायत राष्ट्रका वरिष्ठ साहित्यकार, समाजसेवी, मानवअधिकारवादी, पत्रकार, वुद्वीजिवी एवं अमेरीकाका विशिष्ठ सामाजिक अभियान्ताहरू, राजनीतिज्ञहरु लगायतको उल्लेख्यनीय उपस्थिति रहेको थियो ।

नेपाली र अमेरिकी राष्ट्रिय गान एवं स्व कोईरालाको फोटोमा पुष्पार्पण तथा दीप प्रज्वलन गरि शुरूवात गरिएको कार्यक्रममा तिव्वती आशीष गान गाएर कार्यक्रमलाई थप रौनकता दिईएको थियो ।

संस्थाका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले स्व कोईरालाको परिचय एवं संक्षिप्त राजनैतिक संघर्ष र नेपालमा शान्ति, प्रजातन्त्र र विकासमा उनको योगदानबारे प्रष्ट्याएका थिए। यसैगरी डा गोविन्द कोईरालाले गिरिजाबाबुको योगदान र विचारबारे थप प्रष्ट पारे।

कार्यक्रममा प्रमुख अतिथी क्वीन्सवोरो प्रेसीडेन्टको कार्यालयका कम्युनिटी डाइरेक्टर डा महम्मद हकले शुभकामना दिंदै स्व कोईराला महान प्रजातन्त्रवादी नेता भएको र उनको बाटोमा सबैले हिँड्न सक्नुपर्ने बताए । यस्तै वरिष्ठ समाजसेवी मुह्म्मद रसीदले स्व कोईरालाको व्यक्तित्व र योगदानको सारा विश्वले कदर गरेको धारणा राखे ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महामन्त्री मुनिन्द्र नेम्बाङ, रुवैया रहमन, सुल्तना खनान, मालिनी शाह, वेला कादिर, हेमा भीरानी, महवुवा कविता, गीता खत्री, इमानुएल एस्से, कृष्टोफर डेजा, शाह नवाज, मोर्शेद अलाम, आरसलान इन्टरफेद, अरुमघान असार, पेमा डेन्डुप, नेन्सी क्लेन, बिनायक कौरवार श्रीजीले आफ्नो धारणा राखेका थिए। इथार्ट डुक्लेएरले फ्रेन्च भाषामा श्रद्धाञ्जलि गाना गाएर सबैलाइ स्तब्ध पारिन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले छोटो समयमै समाजप्रति अतुलनीय कार्य गर्दै आएकोमा न्युयोर्क क्वीन्स वोरोकी प्रेसीडेन्ट मेलिन्दा काट्जले फाउण्डेसनलाई कदरपत्रले सम्मान गरिन् । फाउन्डेशनकी कोषाध्यक्ष वृन्दा राईले धन्यवाद मन्तव्य राखी कार्यक्रमको समापन गरिएको थियो।