प्रदेश 2

काँग्रेस नेता कर्णद्वारा सप्तरी बाढीपीतिलाई राहत हस्तान्तरण

सप्तरी । नेविसंघका पुर्व अध्यक्ष रञ्जीत कर्णले सप्तरीको तिलाठी कोईलाडी गाउपालीका सकरपुरा र को मधेपुरा बाढी प्रभावित क्षेत्रका बाढीपीडितलाई राहत वितरण गरेका छन् । राहत सहयोग गर्ने लायन्स क्लव तथा नेबिसंघका पूर्व उपाध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य क्षितिज भण्डारी, नेता हरी जोशी, सच्चिन्द्रमोहन राउतलगायतलाई कर्णले धन्यबाद दिँदै उक्त स्थानका पीडितलाई सहयोग गरेकोमा धन्यबाद दिँदै सहयोग हस्तान्तरण गरेका छन् ।

नेता कर्णले राहत बितरणको लायन्सको अनुरोध स्विकार्दै विभिन्न सर्वदलीय प्रतिनिधिको नेतृत्व गर्दै दर्जनौं प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्दै चुरे दोहन रोक्दै, बाढी नियन्त्रणका लागि गुणस्तरीय ड्याम बनाउदै बृक्षारोपण गर्न सुझाव समेत दिएका थिए । त्यस्तै काठमाडौंबाट गएका सबै स्वयंसेवक को बस्नेखाने, सुरक्षा र गाडी ब्यवस्थापनको सम्पुर्ण १लाख खर्च समेत नेता कर्ण ले ब्योहरेर राम्रो काम गर्न खोज्ने संघसंस्थालाई मधेसमा फेरि पनि सहयोग गर्न आउन अभिप्रेरित गर्नु भएकोले वहाँलाई लायन्स कल्बले उच्च सम्मान गर्ने निर्णय गरेको छ । सच्चिन्द्रमोहन राउतबाट प्राप्त सामाग्री प्रभावित परिवार र घरपलुवा जनावरलाई दिईएको आयोजकले बताएका छन् । ।

बिनाशकारी बाढी मा मृत्यु हुनेको परिवारजनहरुले राहत पाउन भएको ढिलासुस्तीप्रति नेता क्षितिज भण्डारीले गुनासो गर्दै पीडित प्रति दुःख व्यक्त गर्दै युवाहरूलाई फोटो खिचाउने सस्तो लोकप्रियता भन्दा माथी उठेर वास्तविक उद्धारको आव्हान गर्दै पुनःस्थापन र क्षतिपूर्तिलाई यथासम्भव वास्तविक पीडितकहाँ चाडै पुराउन सरोकारवालालाई आग्रह गरेको छन् । स्थानीय एनजिओ प्रमुख पार्थ्व सरकारको सूचना को आधारमा नेकपा, कांग्रेस, राजपा, समाजवादी दल र सिडिओ कार्यालयको प्रतिनिधि को रोहवरमा निष्पक्ष राहत अभियान अन्तरगत बुधबार र बिहीबर पनि कम्बल र थप औषधि बितरण गरिने लायन्स कल्ब अध्यक्ष दावाले बताउदै सम्भाबित महामारी विरुद्धको योजना बनाउन सरकारलाई आग्रह गरेका छन् । यस बर्षको बाढीपहिरोबाट १०० भन्दा बढीको ज्यान गईसकेको छ भने दर्जननौ हराईरहेका छन् । बिस्थापीतको संिख्या समेत बढेको छ । क्षती भएपनि बर्षा नरोकिएकाले क्षती बढ्न सक्ने अनुमान लगाइएको छ ।