मनोरञ्जन

बी.बी. थापाको ‘यो नाटक जस्तो दुनियामा’

काठमाण्डौं ।  गीतकार बी.बी. थापाको शब्द तथा गायक संजय बडालको स्वरमा सजिएको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक भएको छ ।

चर्चीत संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको यस गीतको भिडियो उत्कृष्ट बनेको बताईएको छ ।विनोद भण्डारी र आयुस ओझा निर्माता रहेका यस गीतको भिडियोलाईनिर्देशन भने विश्व विकास थापाले गरेका छन् । यस गीतको भिडियोलाई दीपीन आर्चाय र सुलभ नेवारले खीचेका छन् ।

भिडियोको जापानी भुमिमा भिडियो छायाँकन भएको छ । ‘मान्छे एल्वममा समेटिएको यस गीतको भिडियो बुढासुब्बा डिजिटलको यूट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।