समाचार

रक्षामन्त्री पोखरेल भन्छन्: वर्तमान सरकार बहुमतको भएकाले बहुमतकै निर्णय अनुसार चलेको छ ।

इनरुवा । सुनसरीको धरानमा मङगलबार स्व तारा सुब्वा स्मृति ग्रन्थको लोकार्पण गरिएको छ । उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा भने, “अहिलेको सरकार कसैको आशीर्वाद र प्रसादले बनेको होइन, बहुमतको सरकार भएकाले बहुमतकै निर्णय अनुसार चलेको छ ।”

वर्तमान सरकारले नेपालको प्रणाली नै परिवर्तन गरेर मुलुकको समृद्धिका आधार तयार गरिरहेको जिकिर गर्दै उनले कानून अभावका कारण परिवर्तन भएको प्रणाली कार्यान्वयन गर्नका लागि सरकार लागीपरेको उल्लेख गरे । गत वर्षको साउनमा निधन भएका धरान उपमहानगरपालिकाका प्रमुख सुब्वाको योगदानको चर्चा गर्दै गुण र दोषको आधारमा दृष्टिकोण बनाउने नेता सुब्बा भएको उपप्रधानमन्त्री पोखरेलले बताए ।