प्रदेश 2

मोटर साइकलमा लागुपदार्थ लुकाइ राखेको अवस्थामा दुईजना पक्राउ

जनकपुरधाम । लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन् ।

दुबै जनालाई धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडा जाने सडकखण्डमा रहेको पिपल चौतारास्थित ज९प ६३९८ नम्बर मोटर साइकलमा लागुपदार्थ लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबै जनाबाट पाँच किलोग्राम लागुपदार्थ गाँजा बरामद गरिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।