बाग्मती

नेपाल पत्रकार महासङ्घ शाखाद्वारा पत्रकार कल्याण कोष स्थापना

काभे्रपलाञ्चोक । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । उनका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ ।

“कार्यविधि बनाएर ब्याजवापतको रकमले सहयोग गर्नेछौँ”, तिमल्सिनाले भने । कोषमा रु १० लाख जम्मा गरिने लक्ष्य राखिएको छ । साथै, शाखाले पत्रकार दुर्घटना बीमा कार्यक्रम पनि शुरु गरेको छ ।