प्रदेश 2

विद्युत चुहिँदा आगालागीः छ लाखको क्षति

लहान । विद्युत् चुहिएर सिरहाको भगवानपुर गाउँपालिका–१ सुमेरियामा आगलागी हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय लालबाबु यादवको घरमा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा यादवसहित छिमेकी मलारी यादवको चार घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् ।