राजनीति

काँग्रेसले गर्यो तीन जिल्लाका दुई दर्जन बागी उमेर्द्वारलाई पार्टीबाट निष्काशन ?(नामावली)

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य संयोजक रहेको अनुशासन समितिले सोलुखुम्बु, रौटहट र दैलेखमा गरी २०७४ सालको स्थानीय तह, प्रदेश र संघको निर्बाचनमा पार्टीका आधिकारीक उमेर्द्वारबिरुद्ध बागी उमेर्द्वार दिने, प्रस्तावक र समर्थक बस्ने कार्यकर्ताहरुलाई पार्टीबाट निष्काशन गरेको छ ।

कारबाहीमा पर्नेहरु सोलुखुम्बूमा मात्र २० जना छन् भने रौतहट र दैलेखमा क्रमसः २ र १ जना छन् । काँग्रेसमा कार्यकर्ताको आन्तरिक अनुशासन नभएको भन्ने ब्यापक बहस चलिरहेकाबेला २३ जना काँग्रेस कार्यकर्ता कारबाहीमा पर्नुले अनुशासन समितिको बलियो निर्णय देखिएको छ । अर्कोतिर काँग्रेस कमजोर भएकाबेला दर्जनौ कार्यकर्तामाथी गरिने यस्ताप्रकारका कारबाहीले आउँदो निर्बाचनमा काँग्रेस अझ कमजोर हुने त होईन ? भन्ने प्रश्नचिन्ह समेत खडा भएको छ ।

अनुशासन आयोगका संयोजक भीष्यमराज आङ्दाङवेले सभापति शेरबहादुर देउवासँग सल्लाह गरी उनीहरुलाई अनुशासनको कारबाही गरेको बताईएको छ ।

पहिलोपटक तीन जिल्लाहरुका कार्यकर्ताहरुमाथी कारबाही गरिएपनि विस्तारै देशभरका बागी, प्रस्तावक, समर्थक वा काँग्रेसलाई कमजोर बनाउने नेता कार्यकर्तामाथी कारबाही गर्दै लाने अनुशासन समितिको योजना रहेको नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए । सभापति देउवापक्षका आङ्दाङवे भएपनि बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको प्रतिकृया भने उक्त कारबाहीमा आएको छैन । को को परे त कारबाहीमा ? नामावलीः