राजनीति

डा शेखर भन्छन्ः वीपी, शुवर्ण र किशुनजी मिलेजसरी नेतृत्व मिल्नुपर्छ, विचारमा बन्देज मान्य हुन्न

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोईरालाले काँग्रेसले पिनयमावली संसोधनका नाममा व्यक्तीगत स्वतन्त्रतामाथी बन्देज लगाउन नहुने विचार व्यक्त गरेका छन् । नेता कोईरालाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै किशुनजी दरबारको बिरोधी, शुवर्ण शम्सेर दरबार र भारतसँग संबादमा र वीपी कोईराला शसस्त्र क्रान्तीमा भएपनि विचारको पार्टी भएकोले त्यसबेला काँग्रेस एक भएको स्मरण गराउदै विचार फरक भएपनि व्यक्तीगत स्वतन्त्रता दिनुपर्ने लोकतन्त्रको सुन्दर गहना भएको बताएका छन् ।

नेता डा. कोईरालाले काँग्रेसले नियमावलीको नाममा लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष विचारमाथी अंकुश लगाउने ? भन्दै सभापति देउवा लगायतका नेतृत्वलाई साँकेतिक प्रश्न समेत गरेको छन् । उनले विचारमाथी बंदेज लगाउनेगरी ल्याईएको नियमावली आफूलाई मान्य नहुने अडान लिएका छन् । वीपी, शुवर्ण शम्सेर र किशुनजी मिलेजसरी नै सबै नेता मिल्नुपर्ने संकेत पनि डा कोईरालाको भनाईबाट बुझ्न सकिन्छ ।

उनले भनेका छन्, ‘नियमावलीको नाममा नेपाली कांग्रेस पार्टी भित्र ब्यक्तिगत स्वतन्त्रता र बिचार माथी बन्देज लगाउॅन खोजिएको छ। नेपाली कांग्रेस बिचारको बिबिधताको पार्टी हो।

ईतिहॉसको कुनै कालखण्डमा बिपी सशस्त्र क्रान्तीमा हुनुहुन्थ्यो। सुवर्णजी दरबार र भारतसॅग संवादमा हुनुहुन्थ्यो। किशुनजी दरबारसॅग संवाद हुनै नसक्ने भन्दै जेलमा हुनुहुनुथ्यो। तिन शिर्ष नेताको एकै समयमा फरक–फरक बिचार आएको थियो। त्यस्तो पार्टी हो नेपाली कांग्रेस। लोकतान्त्रिक पार्टी भन्ने अनि बिचारमाथी अंकुश लगाउॅने? यो मान्य हुन सक्दैन।