अन्तर्राष्ट्रिय

दक्षिण सुडानको सेनाद्वारा समायोजनका लागि सैन्य शिविरलाई निर्देशन

जुबा । दक्षिण सुडानको सेनाका प्रमुखले विद्रोही लडाकूसँगको समायोजन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन ।
उनले शान्ति सम्झौता कार्यान्वयनका लागि सहयोग पुर्याउन सरकारी सेना र विद्रोही लडाकू दुवै पक्षलाई समायोजनमा सहभागी हुन निर्देशन दिएका हुन । दुवै पक्षका गरी झण्डै ८३ हजार जनाको सहभागितामा संयुक्त सेना बनाउने सम्झौता भएको अधिकारीहरुले जनाएका छन् ।

संयुक्त सुरक्षा बोर्डका अध्यक्ष समेत रहनुभएका सेना प्रमुख गाब्रिल जोक रिक माकोलले दिएको निर्देशनमा तोकिएको काम यही जुलाईसम्ममा सम्पन्न गर्न भनिएको छ । एनले सवै सुरक्षा संस्थाहरुलाई संयुक्त सुरक्षा वोर्डमा सहभागी हुन जुलाई ३१ सम्मको समय तोकिएको र त्यसपछि सहभागी हुन नपाईने स्पष्ट पारेका छन ।

यसअवधिमा उनीहरुको दर्ता गर्ने, आधारभूत योग्यता परिक्षण गर्ने, निशस्त्रीकरण गर्ने, पुनस्र्थापना गर्ने लगायतका कामहरु गराउने सोमबार जारी निर्देशनमा उल्लेख छ । दक्षिण सुडानमा सन् २०१८ को सेप्टेम्बरमा युद्व अन्य गर्नेगरी अन्तिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।