खेलकुद

आईसीसी टी–ट्वान्टी विश्वकपको छनोटमा नेपालको आज पहिलो खेलः कतारविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले आज कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार विहान  ७ः१५ मा सुरु हुनेछ । र, कतारविरुद्ध मैदान उत्रदा उपाधि दाबेदार नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपाल प्रतियोगिताकै शीर्ष वरियता प्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी(ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ । आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ । किनकि कतार नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको छ ।

हेड टु हेड

नेपाल र कतारबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा ४ एकदिवसीय र २ टी–ट्वान्टी खेल रहेको छ । ४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी(ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।

पहिलो पटक नेपाल र कतार सन् २००१ को आईसीसी ट्रफीमा आमने सामने भएका थिए । २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले कतारलाई ३५ ओभर २ बलमा ८० रनको स्थितिमा अलआउट गर्दै १ सय ३० रनको फराकिलो जित निकालेको थियो । सन् २००४ को एसीसी ट्रफीमा कतारले नेपाललाई ४ विकेटले हराएको थियो । नेपालले दिएको १ सय ६४ रनको लक्ष्य कतारले ४६ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

सन् २००५ को विश्वकप छनोट अन्तर्गत डिभिजन(२ मा नेपाल ९८ रनले विजय भएको थियो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्यसहित ब्याटिङ गरेको कतार २९ ओभर १ बलमा ७८ रन बनाउँदा अलआउट भएको थियो ।सन् २००८ मा एसीसी इलाइट ट्रफीमा कतारले दिएको १ सय ७१ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित निकालेको थियो ।

यस्तै नेपाल र कतारबीच टी(ट्वान्टीमा पहिलो पटक सन् २००७ को एसीसी टी(ट्वान्टी कपमा भएको थियो । उक्त खेलमा नेपाल कतारसंग ३ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २८ रन बनायो । नेपालका महेबुब आलमले ४० बलमा ४५ रन बनाए भने दिपेन्द्र चौधरीले ५० बलमा ४९ बनाउँदै अविजित रहे ।

जवाफी ब्याटिङमा आएको कतारले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । नेपालका शक्ति गौचनले ३ तथा आलमले २ विकेट हात पारे पनि टिमलाई जित दिलाउन सकेनन् । अन्तिम पटक नेपाल र कतार सन् २००९ को एसीसी टी(ट्वान्टीमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको कतारले १९ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो ।

कतारलाई सस्तैमा समेट्न बसन्त रेग्मी र शक्ति गौचनले समान ३र३ विकेट लिएका थिए । कतारले दिएको ९७ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वा्धिक ३९ रन बनाए । यस्तै दिपेन्द्र चौधरी २८ रन जोडेका थिए ।