राजनीति

अगुवा पछुवा राखेर हिँड्ने बिशिष्ट व्यक्ती वीपीका अनुयायी हुन सक्दैनन्ः नेता गुरुङ

वालिङ । नेपाली कााग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले गरिव देशका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र मन्त्रीहरुले अगुवा पछुवा राखेर हिँड्ने परम्पार त्याग्नुपर्ने बताएका छन् ।

जताततै भ्रष्टाचार बढेकोमा आक्रोश पोख्दै नेता गुरुङले गरिव देशका नेताहरु महँगो कारमा हिँड्ने तर विकसित मुलुक नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा, फ्रान्सका प्रधानमन्त्री रेलमा र डेनमार्कका प्रधानमन्त्री बसमा यात्रा गर्नेगरेको उदाहरणतिर ध्यान दिन राजनीतिक बृतलाई सुझाव दिएका छन् ।
बरिष्ठ नेता रामचनद्र पौडेल, केन्द्रीय सदस्य चनद्र भण्डारीसहित उपस्थित कार्यक्रममा बोल्दै नेताहरुले व्यहोरा सुधार्ने समय आएको विचार व्यक्त गरेका हुन् ।

भ्रष्ट चरित्र सुधारेमात्र महामानव वीपी कोईरालाको अनुयायी हुने हुँदा काँग्रेसले नेता कार्यकर्ता पंक्तीमा र अन्य राजनीतिक दलहरुले पनि राम्रो कुराको सीको गरी बीपी कोईरालाको अनुयायी हुनुपर्ने बताए । आज वीपी कोईरालाको स्मृति दिवशको अवशरमा आयोजीत कार्यक्रममा नेता गुरुङले उक्त अभिब्यक्ती दिएका हुन् ।