आर्थिक

प्रभु बैंकको Prabhu Easy Forex P सञ्चालन

काठमाण्डौ । प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा बैदेशिक मुद्रा सटही सुविधालाइ मोवाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन Prabhu Easy Forex सञ्चालनमा ल्याएको छ ।

रोजगारी, व्यवसाय, पर्यटन तथाअन्यप्रयोजनको लागिहाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदीन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुतपनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रकृयालाइ प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि एप्लीकेसन अति नै उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

उक्तएप्लीकेसन मार्फत बैदेशिकमुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ । आवेदकलाइ बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदानग रिनेछ तत्पश्चात आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलनगर्न सक्नेछन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोवाइलएपबाट ग्राहकहरुको समय बचत हुने तथाविना झण्झट अनलाईन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले ग्राहकहरुले यसबाट अधिकतम् लाभलिनसक्ने बैंकले विश्वास लिएको छ ।