आर्थिक

वणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सब, ट्रेड यूनियन अधिकार हट्दैनः मन्त्री

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेकपा का केन्द्रीय सदस्य माननीय भानुभक्त ढकालले एक समारोहका बीच ३० औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरे । सो अवसरमा माननीय मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुको भावनालाई सङकुचित नहुने गरी कानून बनाइने र सरकारले ट्रेड यूनियनको माथि कुनै किसिमको प्रतिबन्ध नलगाउने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष सुवेदीले सस्थाको सम्बद्र्धन र पेसागत हकहित नै कर्मचारी संघको मूख्य उद्धेश्य रहेको बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले श्रमिकको जीवनमा सामाजिक सुरक्षा योजना सरकारको राम्रो कार्य भएको बताए । सो कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष शिबकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।

३० औं वर्षिकोत्सव अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीलाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ८३ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । वािर्षकोत्सवको अवसरमा निसहाय सेवा सदन, बानेश्वरमा बृद्धबृद्धालाई भोजन खुवाइएको थियो भने रावा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरबाट वृक्षारोपण गरिएको थियो । साथै सो अवसरमा बैंक कर्मचारीहरु बीच भएको म्युजिकल चेयर खेल प्रतियोगिता समेत संचालन गरिएको थियो । सो खेलमा प्रथम प्रतिभा पन्त, द्धितीय राज्यलक्ष्मी खड्गी र तृतीय ईश्वरी पोखरेल भएका थिए ।

विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कर्मचारी संघमा आवद्ध निवृत ४८ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक प्रदान गरिएको थियो । सथै जोरपाटीस्थित बुद्धिष्ट बालगृहलाई रु १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरियो । २०७५ सालको माध्यामिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट जीपिए प्राप्त गर्ने कर्मचारी संघमा आवद्ध बैंक कर्मचारीहरुका ५ जना छोरा छोरीहरुलाई राविया छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेयले संचालन गर्नुभएको सो कार्यक्रममा बरिष्ट उपाध्यक्ष रामप्रसाद जोशीले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत,उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।