राजनीति

ओली सरकारको खोक्रो राष्ट्रबादले राष्ट्रियतामाथी दिनदिनै खतरा बढ्योः डा. कोईराला

स्याङ्जा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको खोक्रो राष्ट्रबादले देशको सार्वभौमिकता र राष्ट्रियता माथी खत्तरा बढेको बताएका छन् । सरकारका हरेक गतिबिधीले अन्तराष्ट्रिय तहमा देशको छबि धमिलिंदै गएको बताउॅदै डा कोइरालाले प्रश्न गरे, ‘हाम्रो कूनै सम्बन्ध नरहेको भेनेजुयलाका राष्ट्रपतीका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खोजेको? किन बोलाइयो उनलाई? यसले नेपालको छबी कहॉ पुग्छ? अन्तराष्ट्रिय स्तरमा के सन्देस जान्छ?’

यो घटनाले नेपालप्रती अमेरिका सशंकित भएको डा कोइरालाको भनाई थियो।

डा कोइरालाले लोकतन्त्रका आधारभुत मान्यतालाई समेत कुल्चॅदै सरकारले ल्याएका बिधेयकहरुले लोकतन्त्र गुम्ने आशंका पैदा भएको बताए। उनले समृद्धिका नाममा सरकारले हावादारी सपना बॉडेर जनतालाइ झुटको जालोमा पारेको बताए।

३७औं बिपी स्मृतिमा नेपाली कांग्रेस स्याङ्जाले वालिङ्मा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोइरालाले पार्टी कब्जा गर्ने र व्यक्तिगत स्वतन्त्रतामाथी नै बन्देज लगाउॅने उद्धेश्यले ल्याइएको कांग्रेस पार्टीको नियमावलीले कम्युनिष्ट पार्टीको झझल्को दिएको बताए। कांग्रेस पार्टी गरिबको पनि पार्टी हो भन्ने कुरा बिर्सेर अब्यवहारिक ढङ्गले लेबि सिष्टम् ल्याइएको प्रती आक्रोशित हुदै भने, ‘गरिब ब्यक्ती अब कांग्रेस बन्न नपाउॅने हो ?’

केन्द्रमा बसेर सभापतीले नै गुट चलाउॅन थालेकाले पार्टी कमजोर बनेको कोइरालाको भनाई थियो। बिपी कोइरालाले जन्माएको पार्टी यसरी चरम गुटबन्दीमा फस्नु लोकतन्त्रकै निम्ती दुर्भाग्य भएको उनले बताए।

कांग्रेस केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले कार्यकर्ताले जति भन्दा पनी शिर्ष नेताहरु नसच्चिएकाले अब महाधिवेशन मार्फत उनिहरुलाई बिदा गर्नुपर्ने बताए ।

अर्का केन्द्रिय सदस्य धनराज गुरुङ्ले जनता र कार्यकर्ताको भावना अनुसार पार्टी संचालन नभएकै कारण अहिलेको अवस्था आएको बताए । गुरुङ्ले धनबाद र डनबादले अब पार्टी नचल्ने पनी दाबी गरे ।