समाचार

रुसी सर्वोच्च अदालतका अध्यक्ष नेपाल भ्रमणमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि रुसी महासङ्घको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभ आज नेपाल आइपुगेका छन् । यही साउन ९ गतेसम्म भ्रमणमा आउनुभएका अध्यक्ष लेवेदेभलाई प्रधानन्यायाधीश राणाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आज स्वागत गरे ।
अध्यक्ष लेवेदेभसहित भ्रमण दलमा तीन जना रहनुभएको छ । नेपाल भ्रमणका क्रममा उनीहरुले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश राणाले गत जेठमा रुसीे सर्वोच्च अदालतका भ्रमणका क्रममा उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।