सुदूरपश्चिम

प्रहरी निरीक्षक सुरेन्द्रबहादर बमको नेतृत्वमा २५ रोपनी क्षेत्रफलमा रहेको गाँजा नष्ट

डोटी । प्रहरीले दिपायल सिलगढी नगरपालीका–७ को वनखेतमा २५ रोपनी क्षेत्रफलमा रहेको गाँजा नष्ट गरेको छ । प्रहरी निरीक्षक सुरेन्द्रबहादर बमले नेतृत्व गरेको उक्त गाँजा नष्ट गरेको हो ।

सिलगढी क्षेत्रमा गाँजा खानेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले गाँजा नष्ट गर्न अभियान चलाएको हो । प्रहरी नायब उपरीक्षक लालबहादुर धामी प्रहरीले चलाएको अभियानमा स्थानीयवासीले सहयोग गरिरहेको बताउँछन् । यसअघि प्रहरीले लडगडा तथा जोरायल क्षेत्रमा १५ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको थियो ।