शिक्षा

रविचन्द्र पराजुली र गोपाल सङ्गौलालाई शिक्षा पुरस्कार

काठमाडौँ । आजको मिडिया नामक सञ्चार माध्यमले ‘१५औँ राष्ट्रिय शिक्षा वाईवाई पत्रकारिता पुरस्कार –२०७६’ घोषणा गरेको छ । उक्त मिडियाले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक प्रकाश सिलवालले नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार राष्ट्रिय दैनिकका गोपाल सङ्ग्रौलालाई यस वर्षको पत्रकारिता पुरस्कार दिने निर्णय गरिएको जानकारी दिए ।

दूरशिक्षा क्षेत्रमा योगदान पुर्‍याएबापत् रु १० हजारसहितको सो पुरस्कार उहाँहरू दुवै जनालाई प्रदान गर्न लागिएको हो । यसअघि उक्त पुरस्कार राजन शर्मा, प्रकाश सिलवाल, प्रकृति अधिकारी, ईश्वरराज ढकाल, शेषकान्त पण्डितलगायत १५ जनाले पाइसकेका छन् ।

उक्त मिडियाका अध्यक्ष श्याम तण्डुकारले अन्य १२ विधामा पनि उक्त पुरस्कार प्रदान गरिने र ती पुरस्कारको छनोट केही दिनमा गरिने बताए । उक्त पुरस्कार यही साउन २७ गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिनेछ ।