गण्डकी प्रदेश

सवारी साधानका चालकलाई गरेको कारवाहीमा डेढ करोड राजश्व सङ्कलन

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७५।७६ मा सवारी साधानका चालकलाई गरेको कारवाहीमा रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा नियम उल्लङ्घन गरी चलाइएका २६ हजार ६४६ चालक कारबाहीमा परेका थिए ।
कार्यालयले आर्थिक वर्ष ०७४।७५ मा सवारी कारवाहीबाट रु एक करोड ६९ लाख २६ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।