राजनीति

कांग्रेसले क्षमतावान र इमान्दार कार्यकर्ताको मुल्याङकन गर्नैपर्छः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टिका कार्यकर्ताले उच्च तहका नेतासंग संवाद गर्न चाहेको बताएका छन् । सामाजिक सञ्जा मार्फत उनले उक्त कुरा अगाडी सारेका हुन् ।

उनले आफनो फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेका छन्, ‘कार्यकर्ताले नेतासंग सम्वाद चाहेका छन् । नेताको योजना सुन्न चाहेका छन्, नेताको अठोट र कर्म्शिलता खोजेका छन् र पार्टीमा जगडिएको गुटबन्दी अन्त्य खोजेका छन् । संगठनमा कामको आधारमा मुल्यांकन खोजेका छन् ।’

उनले हरेक कुराको समाधान संवादवाटै हुने भएकोले पनि कार्यकर्ताहरुले आफुभन्दा माथिल्लो स्तरका नेतासंग संवाद चाहेको विचार व्यक्त गरेका छन । नेता पौडेलले यति मात्र नभएर कायकर्ताले नेताहरुसंग भेटघाट गर्दै पार्टीलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारे स्पष्ट योजना र विचार पनि बुझ्न चाहेका कुरा उल्लेख गरेका छन् ।

पार्टीभित्र गुट र उपगुट झाँगिएको बेला उनले कांग्रेस भित्र कायृकर्ताले गुटबन्दीदेख्न नचाहेको बताएका छन् । कार्यकर्ताहरुले पार्टीमा नेताहरुको कुनै पनि कुरामा फितलो र लापरवाही नभई अठोट चाहेको पनि बताएका छन् । चौतर्फि रुपमा प्रतिपक्ष कमजोर भयो भनेर आलोचना भैरहँदा उनको यस्तो भनाई आएको हो ।

अहिले सर्वत्र प्रतिपक्ष कांग्रेस ईतिहासकै कमजोर भएको भन्दै टिका– टिप्पणी भैरहेका छन् । मौलाएको गुटवन्दीले कांग्रेसलाई सिध्याउदै लगेको बताउदै वरिष्ठ नेता पौडेलले पार्टिमा जगडीएको गुटबन्दी अन्य हुनुपर्नेमा जोडदिनु कांग्रेस कार्यकर्ताका लागि सुखद हुन सक्ने विश्लेसकहरुको भनाई छ ।

गुटबन्दीका कारण कांग्रेस हरेक क्षेत्रमा कमजोर मात्रै नभई गुटबन्दीकै कारण स्थानीय निर्वाचनमा पराजय भोग्नुपरेको तीतो यर्थाथ उनले प्रष्ट पारे । पछिल्लो समय देउवा पक्ष र पौडेल पक्षका कार्यकर्ताबीच मनमुटाव देखिएको छ । पौडेल पक्षले नेतृत्व कमजोर भयो भनिरहँदा देउवा पक्ष भने आफ्नोे पक्षको बचाउमा रहेको छ । पौडेल पक्षले नेतृत्व कमजोर भएकाले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पटक –पटक आग्रह समेत गर्दै आएको छ ।

साथै पार्टी कामको कुनै मुल्याङकन नै नभएको भन्दै नेतृत्वको आलोचना भैरहेको छ । काम गर्ने एउटा र जस पाउने अर्को परिपाटीले पनि कार्यकर्तामा निराशा छाएको छ । नेता पौडेलले पार्टिमा इमान्दारीता, क्षमता, अनुभव र लगनसिलताका साथ काम गर्ने कार्यकर्ताको कामको मुल्याङकन गर्नुपर्नेमा जोड दिएका छन् ।