विचार/ब्लग

तीज आयो, विकृति हटाऔं, भब्य र सभ्य रुपमा मनाऔं

सविना अधिकारी / तीज हिन्दु महिलाहरुको लागि महत्वपूर्ण चाड हो । एकातिर तीजमा हिन्दु महिलाले बिशेष रुपमा मनोरञ्जन लिन्छन् भने अर्कोतिर विवाहीत महिलाका लागि श्रीमानको आयु लामो हुने, सु–स्वाश्थ्य तथा दिर्घायु हुने र अविबाहीतका लागि राम्रो श्रीमान पाउने भन्ने धार्मिक विश्वास छ ।

यो चाडमा बिशेष गरेर दिनभर पानी समेत नखाई ब्रत बस्ने निकै अगाडीदेखि चलिआएको चलन हो । अर्काे कुरा श्रीमान र आफु बिचमा बाचाुन्जेल सम्म पनि एक अर्कामा विश्वसनियता कायम रहोस भनेर ब्रत बस्ने गरेको मान्यता पनि रहेको छ । तीज एउटा रङ्गीन चाड पनि हो किनकी हिन्दू महिलाहरु रातो सारी, रातो चोलि, रातो धागो र रातो चुरामा सजिएका देखिन्छन् । यो तीजको ब्रतमा कतिपय महिलाहरुले एक दिन अर्थात ब्रतको दिनमा पानी, फलफूल केहि नखाइ ब्रत बस्छन् । पछिल्लो समयमा कतिपय महिलाहरुले दिनभरि भोकै बसेर पूजा सकिए पछि साँझमा बत्ति बालेर पानी, फलफूल खाने गरेका छन् । तीजको ब्रत धार्मिक हिसावलेमात्र नभएर आफ्नो स्वास्थ्यको लागि पनि राम्रो हुने वैज्ञानिक मान्यता समेत छ ।

तीज हिन्दु महिलाद्वारा मनाइने यस्तो चाड हो जुन महिलाको बिबाह पछि आफ्नो श्रीमानसँग आफ्नो घरमा बसेर जीवन बिताउनु पर्ने मान्यता रहेको छ । यसरी आफ्नो जन्मघर छोेडेर बर्षौँ कर्मघरमा बिताउनु पर्ने भएकोले तीजमा आफ्नो माईती वा जन्मघरमा आफ्ना जन्म दिने आमा–बाबा सँग भलाकुसारी गर्न रमाइलोसँग दुःख–सुःखका कुरा गर्न आधुनिक समयमा पनि तीज एउटा माध्यम बनेको छ ।

तीजको एउटा छुट्टै महत्व पनि रहेको छ । यस चाडमा महिलाहरुलाई दर खाने दिन मीठा मीठा परिकार पकाएर खुवाइनुका साथै त्यो रात घर परिवारमा रमाइलो गर्ने गरिन्छ । पहिले पहिले चाँहि दर ब्रतलिनेनिनको अघिल्लोदिन रातिको १२ बजे सम्म मात्र खाइन्थ्यो भने अहिले चाहि बिहानसम्म खान थालेका छन् ।

टाढा-टाढा भएका दिदीबहिनी आफन्तबीच भेट हुँदा रमाइलो नि हुने गर्दछ भने पछिल्लो समय हाम्रो समाजमा चाडबाढको निहुँले गर्दा कतिपयको घरपरिवारमा समस्या निम्त्याएको देखिन्छ । एकमहिना अघिदेखी नै अलि धनाढ्य परिवारले तीजको रमझम शु गर्दा मध्यम र निम्न मध्यम बर्गका महिलाहरुमा आजकाल अर्काको देखासिकि गरी अरुले एक महिना अघिदेखि दर खाए भनेर आफु पनि तेहि सिको गरेर आफुसगँ होस या नहोस अरुलाई बोलाएर खुवाउनै पर्ने, अरुले लगाए जति गर गहना लगाउनै पर्ने भएकोले अन्य चाडबाढमा आएको बिकृतिजस्तै तीजले पनि कतिपय घर परिवारमा समस्या ल्याएके छ ।

तीजमा महिलाहरुले भगवान शिवको पूजा गरि आफ्नो श्रीमानको आयु लामो होस, रोग नलागोस, सदा सदा सुखि खुसि हनु भनी शिवलाई जल चडाउने मान्यता रहेको भएपनि तीजको पूजा मन्दिरमा मात्र नभई बिभिन्न स्थानमा त घरमा पूजा लगाएर नाचगान गरेर नि बसेको देखिएपनि तीजको दिनमा महिलाहरुले आफुसँग भएसम्मको राम्रो र सफा कपडा लगाएर मन्दिरमा पूजा गरेर साथिहरुसँग भेटघाट गरेर रमाइलो गरि दिन बिताउने गरेको देखिएपनि तीज महिलाहरुका लागि फुर्सदको दिन भएको देखिएपनि बिभिन्न बिकृति भित्रिएकाले समाजमा तीज पर्वले बद्नाम समेत गरेको छ । नकारात्मक कुराहरुलाई हटाएर सहि तरीकाले मनाउने गरौं, परम्परालाई बचाऔं, परिवार बिगारेर भोलीदेखी कसैले दुख पाउने वा कसैलाई दुःख दिने काम नगरौं ।

पहिले पहिले तीज तीन दिन मनाइन्थ्यो आफ्नो क्षमता अनुसार को मनाइन्थ्यो भने अहिले एक, दुई महिना अघि देखि मनाउने गरिन्छ, यो प्रबृत्तिले बिहान बेलुका काम गरेर खाने मान्छेको मनस्थिति मा असर पर्ने सम्भावना देखिन्छ । महिला दिदी बहिनीहरुले आफ्नो स्तर अनुसारको चाढबाड मनाएमा अझ राम्रो चाड रहने देखिन्छ । तीज एउटा देखासिकिको लागि नभइ हामी हिन्दु महिलाको पहिचान पनि हो र यसलाई हामिले नि जोगाउनु पर्दछ । तीज भन्नाले महिलाको लागि अहिले रमाईलो लागि बनेको छ । यसलाई हामी सबैले बुझेर यो हामी हिन्दु महिलाको लागि एउटा सौभाग्य हो दुरुपयोग नगरी यसलाई सदुपयोग गरेर सधंै बचाएर राख्नु पर्छ । तीज नेपाली महिलाको लागि चलेको चाढ हो । तीज जस्तो धार्मिक चाढलाई अहिले उत्ताउलो र छाडा प्रबृत्ति तिर लम्कदैछ यसलाई हामीले जोगाएर लानु पर्ने देखिएको छ ।

तीज आउनुभन्दा तीनमहिना अगाडीदेखी नै दोहोरी, पप गीतहरु गयक/गायीकाले बजारमा ल्याउनाले तीजको रौनकले समाजलार्इै नै छुन्छ । युट्युवका केटाकेटीदेखी युवायुवती र बृद्धाबृद्धसम्म गीतमा रमाउछन् । श्रीमानको आयु लम्बियोस भनेर श्रीमानका लागि ब्रत बस्ने चलनमा महिला अधिकारबादीहरुले भने यदाकदा तीजलाईै सामाजिक कुरितीको संज्ञा दिँदै बिरोध गर्न थालेका छन् । धार्मिक हिशावलाई विश्वास गर्ने अधिकाँस हिँन्दू महिलाहरुको संख्या बढी भएकोले अधिकारबादीहरुले जति भाषण गरेपनि उनीहरुको आवाज सुनेको नसुन्यै गरी ताीजको ब्रत लिने परम्परा यथावत छ । यस बर्षको पनि आउदो भदौ १६ गते सोमबार पर्ने तीजको रौनक सुरु भईसकेको देखिएको छ । भव्य र सभ्य रुपमा तीज मनाऔं । विकृति हटाउँदै परम्परा बचाऔं ।