आर्थिक

माछापुच्छ्रेको ऋणपत्र खरीद भदौ ३ गतेसम्म, ३० लाख युनिट निष्काशन, १०.२५ प्रतिशत ब्याज

काठमाण्डौ । बैंकहरुले डिवेन्चर खरीदका लागि खुल्ला गर्ने प्रकृया अगाडी बढाएसँगै ‘क’ बर्गको महत्वपूर्ण बैंक माछापुच्छ्रे बैंकले सोमबार डिवेन्चर (ऋणपत्र) खरीदका लागि आवेदन खुला गरेको बताएको छ ।

एकहजार दरका २५ कित्तादेखी ११ लाख ७० हजार कित्तासम्म खरिदका लागि आवेदन गर्न पाईने अणपत्र श्रावण ९ गतेदेखी भदौ ३ गतेसम्म खरिद गर्न पाईने बैकले बताएको छ । ‘१०.२५ डिवेन्चर २०८३’ जारी गर्न लागेको बैंकको ऋणपत्रले १०.२५ का दरले प्रत्येक ६ महिनामा ब्याज भुक्तानी दिने छ ।

एनएमबी क्यापीटलसँग सम्झौता गरि खुल्ला गरिएको जम्मा ३० लाख युनिट डिवेन्चरमा १२ लाख युनिट सर्बसाधारणका लागि खुलाइएएको छ । बाँकी १८ लाख भने सर्बसाधारणका लागि छुट्याएइको छ ।

डिवेन्चर धितो राखेर ऋण लिन सकिने ऋणपत्र जुनसुकैबेलापनि बिक्री गर्न सकिनेछ । १० बर्षसम्म अबधी रहेको डिवेन्चरको कुल निष्काशन जम्मा ३ अर्बको हो ।