लुम्बिनी

पोखरीमा डुबेर दाङमा ३ युवतीको ज्यान गयो

दाङ । दाङमा पोखरीमा डुबेर ३ युवतिको मृत्यु भएको छ । सिँचाई गर्नका लागि निर्माण गरिएको पोखरीमा डुबेर आइतबार बेलुका दाङका तीन युवतीको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ कटुवा खोला नजिकै निर्माण गरिएको पोखरीमा डुब्दा घोराही १८ अम्बापुर निवासी बसन्ता बिक, सालघारीका झरना बिक र अमृता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सात फिट गहिरो उक्त पोखरीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।