प्रवास

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्धी गुरुङको पनि उम्मेदावरी घोषणा

दक्षिण कोरीया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षको लागि बुद्वि गुरुङले उम्मेदावरी घोषणा गरेका छन्। आइतबार कोरीयाका समाजसेवी बुद्धी गुरुङले आफु अध्यक्ष पदको लागी दावेदार रहेको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् । अधिबेशन हुन करिब एक महिना बाकी रहदा हाल सम्म बुद्धी गुरुङ र विपिन गुरुङले अध्यक्ष पदको लागी उम्मेदावरी घोषणा गरेर आफनो तयारीमा जुटेका हुन् । उम्मेदावरी घोषणा गदै बुद्धीले आफु पुर्ण रुपमा तयारीमा जुटेका बताए ।

अघिल्लो अधिबेशनमा आफु अध्यक्ष पदको लागी उम्मेदावरी घोषणा गरेर अगाडी बढेपनि सबैले यस पटकको लागी अध्यक्षमा स्वत सहयोग गर्ने आश्वासन दिएको हुँदा उतिबेला पछि हटेको बताए । यस पटक त साथीहरुले नैतिकताले पनि मलाइ सहयोग गर्नुहुने छ भन्ने अपेक्षा सहित अध्यक्षको लागी मेरो उम्मेदवारी हो बुद्धीले भने । करिव २७ बर्ष सम्म कोरीयामा बसोबास गर्दै आएका बुद्धी रेष्टुरेन्ट ब्यावसायी पनि हुन् । कोरीयाका विभिन्न स्थानमा उनका चार वटा रेष्टुरेन्टहरु संचालनमा छन् । ब्यावसाय सगै उनी समाजसेवी को रुपमा पनि कोरियामा परिचित छन् । तमोघिको बरिष्ठ उपाध्यक्ष, एसिया कल्चरको कार्यसमिति सदस्य, एनआरएनएको पुर्व सदस्य, रोटरी क्लवको बरिष्ठ उपाध्यक्ष समेत रहेका बुद्धी रेष्टुरेन्ट ब्यवसायीको अध्यक्ष समेत हुन् । नेपालको पोखरा घर भएका बुद्धीले अध्यक्षको उम्मेदावरीसँगै आफना केही प्रतिबद्धताहरु समेत रहेको बताएका छन् ।

कोरीयामा रहेका ब्यावसायीहरु,इपिएसबाट आएका नेपालीहरु तथा सबै अन्य पेशा ब्यवसायमा आवद्ध नेपालीहरुलाई एनआरएनएनको अनुभुति हुने गरि काम गर्ने आफनो प्रमुख उदेश्य रहेको उनले बताए । यस्तै एनआरएनएलाइ मजदुर मैत्री बनाउने, नेपाली दुताबाससँग नियमित छलफल तथा सहकार्य गरि नेपाल र नेपालीको हितको लागि कार्य गर्ने,मजदुरको आवाज लाइ सम्बोधन गदै एनआरएनएको मुलभुत मुद्दामा काम गर्ने, बर्तमान कार्य समितिले सुरु गरेका तथा पुरा नभएका कार्यहरुलाइ सफल बनाउन निरन्तता दिने, ब्यक्ति भन्दा सँस्थागत हितको लागी काम गर्ने, कोरीयामा रहेका नेपालीहरुको समस्यालाई पहिलो प्राथमिकता राखेर काम गर्ने, प्रत्येक संघ–सस्थाहरु सग हातमालो गरि सृजनात्मक तथा महत्वका बिषयमा नियमित सहकार्य गर्ने लगाएतका अन्य आफना प्रतिबद्धताहरु रहेको उनले बताए ।

आगामी २ बर्षको कार्यकालको लागी एनआरएनए दक्षिण कोरीयाको आउदो सेप्टेम्वर २१ र २२मा निर्वाचनमा हुदैछ । दुइ अध्यक्षको उम्मेदवारी घोषणा सगै एनआरएनए कोरीयाको माहोल विस्तारै तातिदै गएको छ ।