प्रदेश 1

सामुदायिक वनमा अवैध ढङ्गले रूख कटान

भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन समितिका पदाधिकारीले अवैध रुपमा बहुमूल्य सखुवाका रूख कटान गरेका छन् । सो सामुदायिक वनले अनुमतिबिना रूख काटेर घाटगद्दीमा थुपारेको अवस्थामा सखुवाका २६ थान गोलिया काठ जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले समितिले अवैध रुपमा कटान गरेको ३७८ क्युफिट काठ नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए । स्वीकृति बेगर रूख काटिएको जानकारी आएपछि स्थलगत अनुगमनमा जाँदा सामुदायिक वनको घाटघद्दीमा टाँचा नलगाई राखिएको अवस्थामा काठ भेटिएको उनले बताए ।