बाग्मती

जिल्ला प्रहरी कार्यालयद्वारा सहकारी संस्थालाई फलफूलका बिरुवा वितरण

विदुर । ‘हर प्रहर, गाउँ र नगर टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज लोकप्रिय उपभोक्ता सहकारी संस्थालाई दुई सय फलफूलका बिरुवा वितरण गरेको छ ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि एक घर एक फलफूल बिरुवा कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा उक्त सहकारीलाई फलफूलका बिरुवा वितरण गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

उनका अनुसार फलफूलका बिरुवा सहकारीमार्फत दिँदा स्थानीयस्तरमा सिधै वितरण हुने र यसको फाइदा प्रत्यक्षयरुपमा स्थानीय नागरिकलाई नै हुनेछ । सहकारीका अध्यक्ष केशव कुमालले फलफूलका बिरुवा आफ्नो सहकारीलाई दिएकामा धन्यावाद व्यक्त गर्दै बिरुवालाई आफ्ना स्थानीय नागरिकलाई हस्तान्तण गरिने बताए ।