अन्तर्राष्ट्रिय

जोनसनको नेतृत्वमा काम नगर्ने बेलायती अर्थमन्त्रीको घोषणा

लण्डन । लण्डन, ५ साउनः बेलायतका अर्थमन्त्री फिलीप ह्यामण्डले बेलायती यदि बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएमा आफूले राजिनामा दिने बताउएका छन् ।

आइतबार बीबीसी टेलिभिजनसँगको कुराकानीमा अर्थमन्त्री ह्यामण्डले बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमनमा बिषयमा जोनसनको रणनीतिप्रति आफू कहिल्यै सहमत नभएको बताउँदै उहाँको नेतृत्वमा आफूले काम गर्न सम्भव नहुने बताएका हुन् ।

उाले भने, “प्रधानमन्त्रीका रूपमा नयाँ नेतृत्व जोनसनले लिएमा पक्कै पनि म कसैबाट हटाइनुपूर्व राजिनामा दिनेछु ।” उनका अनुसार सम्भवतः बेलायतको कन्र्जभेटिभ पार्टीले आगामी बुधबार प्रधानमन्त्रीका लागि जोनसनको नाम चयन गर्नेछ ।