साहित्य

थपलियालाई ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’

इलाम । कवियत्री तथा लेखक बालिका थपलिया ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’बाट पुरस्कृत भएका छन् । आज एक समारोहबीच उहाँलाई रु दश हजार एक सय एकसहित पुरस्कृत गरिएको हो ।

कविता, समालोचनालगायत विधामा कलम चलाउँदै आएकी थपलियालाई साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले थपलियालाई नगद र सम्मानपत्र प्रदान गरे। भानुप्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिको कार्यक्रमको आयोजना गरेको हो ।