राजनीति

काम भन्दा बढी सस्तो प्रचारबाजीमा लाग्नाले सरकार नागरिकको नजरबाट गिर्योः नेता सिंह

काठमाण्डौ । नेपाल दलित संघ काठमाण्डौले आज आयोजना गरेको SEE सम्मान कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाश मान सिँहले पाप्त उपलब्धि हरुको रक्षा गर्न सबै दलहरु जिम्मेवार बन्नु पर्ने बेला आएको बताएका छन् । सत्तामा बस्नेले म मात्रै हो अरु दल केही हैन भन्ने सोचले अघिबढेकाले दलहरु बिच तिक्तता बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।

बर्तमान सरकारकै कारण मुलुक असफल रास्ट बन्न लागेको आरोप समेत लगाउदै सरकारकै ढुलमुले चरित्रको कारण शिक्षा क्षेत्र, होस या आर्थिक क्षेत्र तहसनहस भएको बताएका छन्। शान्ति सुरक्षाको अवस्था झनझन कम्जोर बन्दै गएकोछ भने बिपत्तिको बेलामा जनताको साथमा राज्य छ भन्ने आभास समेत दिलाउन नसक्नुले सरकारको बिषयमा के बोल्ने के भन्ने भन्ने नै नरहेको समेत बताएका छन्।

सरकारले समयमा आवश्यक ऐनकानुन निर्माण गर्न नसकेकाले लोकसेवा आयोगले संचालन गरेका परिक्षा समेत बिवादमा तानिएको बताएका छन् । सरकार जन उत्तरदायी हुन नसक्दा एक पछि अर्को बिवादमा तानिदै जानू मुलुकै लागि दुर्भाग्य भएको बताएका छन् । नागरिकको अपेक्षा पूरा गर्न भन्दा सस्तो प्रचारबाजीमा अल्मलिएको यो सरकारले मुलुकलाई निकास दिन समेत नसक्ने भएकाले अब न आस गर्न सकिने न विश्वास गर्न सकिने दुबै अवस्था नरहेको भन्दै सरकार नागरिकको नजरबाट समेत गिरिसकेको बताएका छन् ।

कार्यक्रम काठमाडौ कांग्रेस सभापति सबुझ बानियाँ, माननीय प्रकाश रसाइली, प्रदेश साँसद नरोत्म बैद्य, जीवन ढंगोल लगायतले आफ्नो बिचार राखेका थिए । कार्यक्रम दलित संघ काठमाण्डौ जिल्ला सभापति गंगा सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा यश बर्ष काठमाण्डौ जिल्लाबाट एसईइ परीक्षा उतिर्ण गरेका सय भन्दा बढि बिधार्थिलाई सम्मान गरिएको थियो ।