राजनीति

देशको अस्मिता र राष्ट्रियतामाथी खेलवाड नगर्न ओली सरकारलाई डा कोईरालाको चेतावनी

पोखरा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिष्ट सरकारको अपरिपक्वता र दम्भले गर्दा राष्ट्रियता ईतिहासकै कमजोर बनेको बताउॅदै देशको अस्मिता र राष्ट्रियतामाथी खेलवाड नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

सरकारका हरेक गतिबिधीले अन्तराष्ट्रिय तहमा देशको छबी धमिलिंदै गएको बतादै डा कोइरालाले प्रश्न गरे, “भेनेजुयलाका राष्ट्रपतीका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खोजेको ? यसले नेपालको छबी कहॉ पुग्छ? अन्तराष्ट्रिय स्तरमा के सन्देस जान्छ ?”

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको ूप्रथम जिल्ला परिषदू लाई संबोधन गर्दै नेपाली कांग्रेसका नेता डा कोइरालाले सरकारका अराजकता बिरुद्ध सडक र सदनमा आगो बाल्नुपर्ने समयमा कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिरहनु दुखद भएको पनी बताए ।

कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टी भित्रको झगडाले कम्युनिष्टहरुले बहुमत ल्याएको बताउॅदै पार्टीका बृद्ध नेताहरुले अब बिश्राम नलिए अधिवेशनबाट बिस्थापित गरिदिने चेतावनी दिए ।
नेता भण्डारीले आफ्ना कार्यकर्ताहरुलाई जग्गा बॉढ्न कम्युनिष्ट सरकारले गुठी बिधेयक ल्याएको बताए ।