अन्तर्राष्ट्रिय

म जेल जान तयार छु – प्रियङ्का गान्धी

मिर्जापुर । मिर्जापुर, भारत, ४ साउन– भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन् ।
गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उहाँले यस्तो बताएकी हुन् ।
“पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उनले ट्विटरमा लेखेकी छन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् ।
आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।