समाचार

बाढीपीडितको उपचारका लागि डा केसी रौतहटमा, भन्छन्, ‘स्वच्छ पानीको व्यवस्था गर्नुपर्यो’

रौतहट । शिक्षण अस्पतालका आवाशीय चिकित्शक प्रा.डा. गोबिन्द केसी बाढीपडितको उपचारका लागि रौतहट आएका छन् । झण्डै डेढ दर्जन पटक बिभिन्न माग गर्दै अनशन बसेर नाम कमाएका डा केसीले दूषीत पानीका कारण बाढीपीडितमा माहामारी फैलनसक्ने हुनाले सरकारले बेलैमा सचेत हुनुपर्ने समय आएको बताएका छन् । उपचारका क्रममा चेकजाँचका क्रममा शौचालयको व्यवस्थापन गर्न र सफा पानीको व्यवस्था गर्न उनले माग गरेका छन् ।

ईश्वरनाथ नगरपाल्लकाको बन्जराहमा विरामीको स्वस्थ्य जाँच गराईरहेका डा केसी १४० जना भन्दा बढीको स्वास्थ्य जाँच गरिसकेको र उनलाई स्थानीय स्वास्थ्यकर्मीले सघाईरहेको बताईएको छ । रौतहटमा भारतीय पक्षको बाँधका कारण बाढीबाट अन्तभन्दा बढी क्षती भएको थियो भने पछि बाढीले बाँध आफैं भत्काएपछि केही घटेको थियो ।