तस्विरहरु

मानिसले चन्द्रमामा पाईला टेकेको ५० बर्ष, ब्रमाण्डलाई सानो बनाउने वैज्ञानिकको ईच्छा पुरा होस् ! (८तस्विर)

काठमाण्डौ । चन्द्रमामा पाईला टेक्नु त्यति सजिलो नहोला जनि हामी मध्यमबर्गीय परिवारलाई आफ्नो जिविका चलाउन सम्म पनि मुश्कील परेको हुन्छ । आज त्यही दिन हो जुन दिन ५० बर्ष अगाडी मानिसले चन्द्रमामा पाईला टेकेको थियो । ५० बर्षअघि आजकै दिन चन्द्रमामा सबैभन्दा पहिलो मानव पाइला संभव भएको थियो।

जुलाई २० तारिख १९६९ का दिन साँझ ८ बजेर १७ मिनेट जाँदा अमेरिकी अन्तरिक्षयात्रीहरू कमाण्डर निल आर्मस्ट्रङ र पाइलट बज एल्ड्रीनको दुई सदस्यीय टोलीले आफ्नो यानलाई सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गराए जसले मानवको ईज्जत बचाउन वहाँहरूले चन्द्रमाको सतहमा २१ घण्टा ३१ मिनेट बिताउनुभयो, र त्यतिन्जेल अपोलो ११ मिसनका तेश्रो सदस्य अन्तरिक्ष यात्री पाइलट माइकल कोलिन्सले सो यानलाई चन्द्रमाको कक्षमा घुमाउनुभएको थियो । धार्मिक भन्दा छुट्टै रुपमा लिईने विज्ञान हो ।

विज्ञानमा प्रमाणका आधारमा, खोजका आधारमा, अनुसंधानका आधारमा काम गर्ने गरिन्छ भने धार्मिकमा विश्वास बढी मान्नुपर्ने हुनछ । विस्तारै ब्रम्हाण्डमा भएका सबै ग्रहहरुको अवस्था पत्ता लगाउदै मंगलग्रहमा समेत वैज्ञानिकहरुको आँखा गईसकेको छ । बैज्ञानिकहरु विश्व ब्रमाण्डलाई नै सानो बनाउने कार्यमा अनुसंधानमा लाग्नुभएको छ वहाँहरुको गन्तब्यले सफलता पाओस शुभकामना छ ।

स्रोतः अमेरिकी दूताबास