प्रदेश 1

पूर्वाधार निर्माणमा इञ्जिनीयरहरुले गुणस्तरीय कार्य गर्नुपर्छः मुख्यमन्त्री राई

विाटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन ।

नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं १ द्वारा शुक्रबार साँझ विाटनगरमा आयोजित ५७औं इञ्जिनीयर्स दिवसको अवसरमा उहाँले प्रदेशले पूर्वाधार विकासमा ठूलो बजेट रकम छुट्याएकाले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न आग्रह गरेका हुन । मुख्यमन्त्री राईले प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना बनाए पश्चात लगानी सम्मेलनको आयोजना गर्ने बताएका छन ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरमा छात्रावास सहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिँदै गुणस्तरीय कार्यबाट सुशासन कायम हुने विचार व्यक्त गरे । प्रदेश सदस्य जयराम यादवले इञ्जिनीयरले दैवीप्रकोपलाई ध्यानमा राखी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिएका छन ।

एशोसिएशनका प्रदेश अध्यक्ष यशवन्त विक्रम शाह, पूर्वाञ्चल इञ्जिनीयर क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्वकेन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इञ्जिनीयर पूर्वाधार विकासका मेरुदण्ड भएको विचार व्यक्त गरेका थिए ।नेपालमा ५२ हजार इञ्जिनीयर दर्ता रहेकोमा हाल स्वदेशमा ३६ हजार कार्यरत रहेका छन् ।