खेलकुद

अल्जेरिया द्वारा दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि कब्जा

एजेन्सी । अल्जेरिया दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सफल भएको छ । शुक्रबार राति कायरोमा भएको फाईनल खेलमा सेनेगललाई १–० गोल अन्तरले हराउँदै अल्जेरियाले उपाधि उचालेको हो ।

खेलको दोस्रो मिनेटमा बगदाद बौनेदजाहले गरेको गोल अल्जेरियाको जितमा पर्याप्त बन्यो । सेनेगलले अहिलेसम्म प्रतियोगिताको उपाधि जितेको छैन । दोस्रो हाफमा ह्याण्ड बल भएको भन्दै सेनेगलविरुद्द अल्जेरियाले पेनाल्टीको अवसर पाएको थियो । तर भारको मदतले रेफ्रीले निर्णय उल्टाएका थिए ।

सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ । पहिलो पटक देशलाई उपाधि जिताउने लक्ष्यमा रहेका लिभरपुलका मिडफिल्डर साडियो माने भने यसपटक असफल रहे । जितपछि अल्जेरियाका प्रशिक्षक जामेल बेलमाडीले उपाधिको सबै हकदार खेलाडी भएको बताए । ’खेलाडी बिना म केही पनि होईन्