राजनीति

सभापति देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, पीडितको दुखेसो सुनेपछि भए भावुक

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गरेका छन्।

पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गरे । पीडितको अवस्था बुझ्न यहाँ आएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिए ।

उनले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरे । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको र बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए ।