अन्तर्राष्ट्रिय

मेक्सिकोमा भयानक बस दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिको सिटी, ३ साउन – मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।
नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन् ।
राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ बजे भएको थियो ।
आगुवाकालिन्टेस राज्यबाट पर्यटक लिएर आइरहेको यात्रुबाहक बस कम्पोस्टेला शहरको नजिक पहाडी भेगमा दुर्घटनाग्रस्त भएको थियो ।
बस दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन ।