गण्डकी प्रदेश

नेपाल प्रहरीद्वारा मस्र्याङ्दीबाट युवकको उद्धार

लमजुङ । मस्र्याङ्दी नदीबाट प्रहरीले एक युवकको सकुशल उद्धार गरेको छ । बेँसीशहर नगरपालिका–११ पाण्डेगाउँका अन्दाजी ३५ वर्षीय राजु पाण्डेलाई आज वडा नं ८ स्थित करपुरेश्वर महादेव मन्दिर नजिकैको डम्पिङ साइट नजीकबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करयिब एक सय मिटरमाथिबाट नदीले बगाएर नदीबीचमा दुई ढुंङ्गामा अड्किएका अवस्थामा प्रहरीलाई स्थानीयबाट खबर आएलगत्तै घटनास्थलमा प्रहरी पुगी करीब अपराह्न २ः०० बजेतिर उद्धार गरिएको प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए। उद्धार गरिएका युवक आफ्नो नाम, थर, ठेगाना बताउन नसक्ने सुस्त मनस्थितिका जस्तो रहेका प्रहरीले जनाएको छ ।