राजनीति

कम्युनिष्टले दुष्प्रचार गरे, ६१ करोड त के महाबौद्धको सहकारीमा मेरो खाता पनि छैनः नेता बस्नेत

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आफ्नो महाबौद्धको एक सहकारी संस्थाको खातामा ६१ करोड रहेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी आफूले उक्र सहकारी संस्थाको नाम समेत नसुनेको बताएका छन् ।

कडा स्वभाबका नेता बस्नेतले भने, “नेकपाका केही नेताहरु आफूलाई राजनीतिक रुपमा बद्नाम गराउन षढ्यन्त्रपूर्वक लागी परेका छन्, मेरो ६१ करोड त के उक्त सहकारी संस्थामा खाता समेत छैन” उनले भने । सहकारी संस्थाले समेत आफ्नो नाममा खाता नभएको विज्ञप्ती निकनलीसकेपछि त्यसको पछि लाग्नुको कुनै तर्क नभएको भन्दै मिडीया काउन्शील बिधेयकका बिरुद्धमा आफूले कडा रुपमा सरकारको बिरोध गरेको कारण नेकपाका केही मित्रहरु मेरो बिरुद्धमा षढ्यन्त्रपूर्वक गलत प्रचारात्मक अभियानमा लागेको हुनसक्ने नेता बस्नेतको ठहर छ ।

समाचारमा अख्तियार दुरुपयोग अनुसंधान आयोगले छानबिन प्रकृया अगाडी बढाएको भन्ने सुनेपछि सामाजिक र राजनीतिक प्रतिष्ठा जोगाउन आफूले पत्रकार सम्मेलन गरी जनतालाई स्पष्ट गर्नुपरेको दाबी नेता बस्नेतले गरेका थिए ।