पर्यटन/संस्कृति

तोडफोडको घटनाप्रति प्रजातन्त्र पार्टीद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगारपालिकास्थित सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बिहीबार गौतमबुद्धको शालिक तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आज जारी गरेका विज्ञप्तिमा धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधिलाई कानूनी दायरामाल्याई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ । ती मूर्तिले मुलुकको मौलिक परम्परा र मान्यतालाई निरन्तरता दिएको उल्लेख गरिएको विज्ञप्तिमा सर्वधर्म सद्भावको विचार राख्ने सबै नेपाली मर्महात भएको भनिएको छ ।