आर्थिक

कामना सेवाकोे प्रदेश ४ मा एकै साथ २ वटा शाखा

काठमाण्डौ । कामना सेवाविकास बैंकले आफ्नो सेवा विस्तारगर्ने क्रममाप्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा यही श्रावण ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापनागरि कारोबार शुभारम्भ गरेको छ ।

यो सँगै अब बैंकको शाखा संख्या९६ पुगेका छन् ।बेनीशाखाको कारोबार शुभारम्भ बेनीनगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालकचतुराखर अधिकारीले संयुक्त रmपमा गरेका छन् । कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोलालगायतको उपस्थिति रहेको थियो । यसैगरी गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमाबेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका थिए ।